सेयर बजारमा करेक्सन, १२७ अंकले बढ्यो

सोमबार, १७ भदौ २०८१
काठमाडौं : धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार एकैदिन १२७.३२ अंकले बढेको छ । आठ दिनको कारोबार करेक्सनपछि बजार उच्च अंकले बढेको हो । सो अंकको वृद्धिपछि नेप्से २८२३ अंकमा कायम भएको छ । आइतबार दिन १० अर्ब ५१ करोडको कारोबार भएकोमा आज १३ अर्ब १० करोडको भएको छ । कारोबार सुरु भएको २३ मिनेटमा नेप्से २६७९ अंकसम्म झरेको थियो, जुन आजका लागि न्यूनतम अंक रह्यो । जसमध्ये २३९ कम्पनीको सेयर मूल्य बढेको छ । पाँच कम्पनीको सेयर मूल्य घटेको छ । सात कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । सबैभन्दा धेरै फाइनान्स समूहको सूचक बढेको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार