सुनचाँदीको मूल्य घट्यो, तोलाको कति ?

आइतबार, २३ भदौ २०८१
काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुन तोलाको १२ सयले घटेर एक लाख ५२  हजार एक सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस अघि शुक्रवार सुनको मूल्य अहिलेसम्मकै उच्च १ लाख ५३ हजार ३ सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलाको ४५ रुपैयाँले घटेर १७५० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार