प्रधानमन्त्री दाहाल शनिबार इटहरी आउने

शुक्रबार, १९ फागुन २०७९
इटहरी । प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार इटहरी आउने भएका छन् । जीवन विज्ञान प्रतिष्ठानको आयोजनामा हुन लागेको पूर्वाञ्चल जागरण उत्सवमा सहभागी हुन प्रधानमन्त्री आउने भएका हुन् । कार्यक्रमको उद्घाटन अवसरमा सहभागी हुन उनी आउने भएका हुन् । कार्यक्रम इटहरी रङ्गशालामा हुनेछ । आयोजक संस्थाकी कोशी अध्यक्ष बालिका खड्काका अनुसार जीवन विज्ञान प्रत्येक व्यक्तिभित्र लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गर्दै सुख, शान्तिको अनुभूति दिलाउने क्रिया भएकाले प्रतिष्ठानमा देश र विदेशका धेरैजनाको सहभागिता हुने निश्चित भएको छ । उनका अनुसार समृद्धिले भरिएको समाज निर्माण तथा आध्यात्मिक उन्नयनका लागि कार्यक्रम आयोजना गरिएको हो । तनाव, चिन्ता, निराशा र अस्तव्यस्तलाई व्यवस्थापन गर्दै आएको प्रतिष्ठानको जागरण उत्सवमा ५५ देशका प्रतिनिधि सहित नेपालभरका प्रतिष्ठानमा सहभागी गराउने उनले जानकारी दिइन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार