सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको कति ?

सोमबार, ३१ भदौ २०८१
काठमाडौँ  । अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेको सुनको मूल्यको प्रभाव स्थानीय बजारमा पनि परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि निर्धारण गरेको मूल्य हालसम्मकै उच्च हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु. पाँच सयले वृद्धि भई कीर्तिमान कायम गरेको छ । महसङ्घका अनुसार छापावाला सुनको मूल्य प्रतितोला रु. एक लाख ५७ हजार तीन सय निर्धारण भएको छ जबकी आइतबार प्रतितोला रु. एक लाख ५६ हजार आठ सयमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य तोलामा रु. १५ ले वृद्धि भएको छ । आइतबार प्रतितोला रु. एक हजार नौ सयमा कारोबार भएको चाँदी आजका लागि भने रु. एक हजार नौ सय १५ निर्धारण भएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार