काठमाडौं : सुनसरी जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा सन्तोष राईलाई कार्यकक्षभित्रै कुटपिट गरिएको छ।
नेपाल चिकित्सक संघले सुनसरी जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा सन्तोष राईलाई कार्यकक्षभित्रै कुटपिट तथा गालीगलौज गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघका महासचिव डा सन्जिब तिवारीले अस्पताल जस्तो संवेदनशील क्षेत्रमा भएको यस्तो कार्यको भत्सर्ना गरेका छन्।
साथै उक्त घटनामा संलग्न दोषीलाई समयमै नियन्त्रणमा लिएकोमा नेपाल प्रहरीलाई धन्यवाद ज्ञापन गरेका छन्। स्वास्थ्य संस्थाहरुमा हुने गरेका यस प्रकारका घटनाले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको मनोबलमा आँच आई स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पुग्ने गरेको भन्दै तिवारीले स्वास्थ्य संस्था जस्तो संवेदनशील क्षेत्रलाई आतंकित पार्ने गरी घटाइएको यस्तो अस्वाभाविक घटनामा संलग्न दोषीलाई "स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि ऐन २०६६ (पहिलो संशोधन), २०७९" बमोजिम कानूनी कारवाही गर्न माग गरेका छन्।
प्रतिक्रिया