सूर्यदर्शन सहकारीको अनुसन्धानमा खटिए डीएसपी तिवारी

मंगलबार, ०६ कार्तिक २०८१
काठमाडौँ : सूर्यदर्शन सहकारीको अनुसन्धानमा डीएसपी सुन्दर तिवारी खटिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका डीएसपी तिवारीलाई पठाइएको हो । सुर्यदर्शन सहकारीबारे अनुसन्धान गर्न डीएसपी तिवारीलाई पठाइएको सीआईबीका एआईजी दीपक थापाले जानकारी दिए । उनका अनुसार दुईजना प्रहरी अधिकृतहरू यसअघि नै पोखरामा गएर काम गरिरहेका छन् । अनुसन्धानमा सहजीकरण गर्न अहिले डीएसपी तिवारीलाई पठाइएको ृउनले बताए । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पूर्वगृहमन्त्री लामिछाने कार्तिक २ मा पक्राउ परेका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ । असोज ६ मा पूर्वडीआईजी छविलाल जोशीलाई पक्राउ गरेपछि पोखरा उपमहानगरपालिका वडा नम्बर–५ स्थित सुर्यदर्शन सहकारीको रकम अपचलनबारे अनुसन्धान गर्न सीआईबीले इन्स्पेक्टरको नेतृत्वमा दुईजनालाई पोखरा पठाएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीले सूर्यदर्शन सहकारीको रकम अपचलनबारे दोस्रो चरणको अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार