काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन खोज्दा तनाव उत्पन्न भएको छ । सुकुम्बासी बस्ती हटाउन पुगेको महानगरको टोलीमाथि स्थानीयहरुले ढुंगामुढा गरेका छन् ।
महानगरले यस अघि नै पटकपटक सुकुम्बासी बस्ती हटाउने सुचना जारी गरेको थियो । तर कुनै विकल्प बिना नै बस्ती हटाउन थालेको भन्दै उनीहरुले महानगरको टोलीमाथि ढुंगामुढा गरेका हुन् । त्यसक्रममा उनीहरूले टायर बालेर प्रदर्शनसहित ढुंगामुढा गर्नुका साथै मेयर बालेन शाहविरुद्ध चर्को नाराबाजी समेत गरेका छन् ।
एकीकृत बागमती सभ्यता विकास समितिले ४ मंसिर सम्म अन्तिम म्याद राखेर बस्ती खाली गर्न सूचना जारी गरेको थियो । समितिले सूचना जारी गर्दै नदी किनारामा अनधिकृत रूपमा निर्माण भएका घरटहरा तथा निर्माण सामग्री र सवारी साधनहरू हटाउन ४ मंसिरसम्मको समयसीमा दिएको थियो ।
प्रतिक्रिया