निर्वाचनको परिणाम अन्तिम चरणमा पुगेको छ । केही स्थानमा मतगणना रोकिएको छ भने केही स्थानमा पुन मतदान हुदै छ । यो निर्वाचनबाट तीनवटा नयाँ पार्टीले प्रदेश सभामा स्थान सुरक्षित गरेका छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणामअनुसार यसअघि जित्दै आएका ठूला दललाई पराजित गर्दै तीन नयाँ पार्टीले प्रदेश सभामा आफ्नो उपस्थिति सुरक्षित बनाएका हुन् ।
नयाँ आएका पार्टीहरुमा जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, हाम्रो नेपाली पार्टी पहिलोपटक प्रदेश सभामा प्रतिनिधत्व गरेका हुन् । मधेस प्रदेशबाट सिके राउत नेतृत्वको जनमत पार्टीले दुई सिट जित्दै पहिलोपटक प्रतिनिधित्व गरेको हो भने रेशमलाल चौधरी आवद्ध नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशबाट पाँच सिटमा विजय हासिल गर्दै पहिलोपटक प्रतिनिधित्व गरेको हो ।
अघिल्लो निर्वाचनमा विवेकशील साझा पार्टीबाट प्रदेशसभामा प्रतिनिधित्व गरेको थियो । तर सो पार्टीले यसपटक कतै जित हासिल गर्न सकेन । यसपटक बागमती प्रदेश सभामा हाम्रो नेपाली पार्टीले पहिलोपटक प्रतिनिधित्व गरेको छ ।
प्रतिक्रिया