जापान प्रकरणमा कोशीका पूर्व मन्त्री बयानका लागि प्रहरी कार्यालय जाँदै

आइतबार, २५ कार्तिक २०८१
इटहरी : कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री तथा एमाले सांसद लीलाबल्लभ अधिकारी अनुसन्धानमा सघाउन भन्दै आफैँ प्रहरी कार्यालय जाने भएका छन् । नक्कली कागजात बनाएर मानव तस्करीको आरोप लागेपछि अधिकारी आफैँ आज (सोमबार) अपराध अनुसन्धान महाशाखा काठमाडौँमा उपस्थित हुने भएका हुन् । अधिकारी निकट स्रोतका अनुसार अधिकारी आफैँले प्रहरीमा गएर अनुसन्धानमा सघाउने बताइएको छ । अधिकारी आज दिउँसो साढे १ बजेर ५० मिनेटमा फ्लाइटबाट काठमाडौंस्थित केन्द्रीय अपराध अनुसन्धान ब्यूरो अन्तर्गतको मानव बेचबिखन ब्यूरो जान लागेको स्रोतको भनाइ छ । ‘प्रहरीलाई सहयोग गर्न उहाँ आफैं बयानका लागि जान लाग्नु भएको हो ।’ स्रोतले भन्यो । स्रोतकाअनुसार अधिकारी प्रहरीको सम्पर्कमा काठमाडौँ जान लागेका हुन् । उनले अनुसन्धानमा सहयोग गर्न निवेदनसहित काठमाडौं जाने तयारी रहेको स्रोतले जनाएको छ । अधिकारीले गत कार्तिक १३ गते जापान भ्रमणको क्रममा नक्कली कागजात लिएका तीन जना नेपालीलाई लगेको आरोप लागेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार