अभिनेत्री सोमी अलीमाथि सांघातिक हमला

शनिबार, ०१ मंसिर २०८१
मुम्बई : बलिउड अभिनेत्री सोमी अलीमाथि हमला भएको छ । उनी तथा सलमान खानकी पूर्व प्रेमिकाको रुपमा समेत परिचित छिन् । बलिउडबाट टाढा रहेकी सोमी अलीमाथि सामाजिक कार्यमा लाग्दा आक्रमण भएको हो । यसैबीच मानव बेचबिखनको विरुद उत्रँदै पीडितलाई बचाउन खोज्दा आफुमाथि आक्रमण गरेर घाइते तुल्याईएको उनले बताएकी छिन् । उपचारमा रहेकी सोमी अलीले यस विषयमा भनिन, ‘पीडितलाई उद्धार गर्न प्रहरीसँग मिलेर काम गर्छु । पीडितलाई घरबाट बाहिर नल्याएसम्म मलाई कारबाट बाहिर निस्कन दिइने छैन र दुव्र्यवहार गर्नेले पनि बन्धक बनाएर राख्छन् ।’ अहिले आफु उपचारको क्रममा रहेको यी अभिनेत्रीले बताएकी छिन् । चिकित्सकका अनुसार उनलाई निको हुन ६–८ हप्ता लाग्ने छ । अलीले आफ्नो बायाँ नाडी र हात निकै सुन्निएको र उनी केही समय पूर्ण आराममा रहनु पर्ने चिकित्सकहरुको सुझाब छ । १७ वर्षमा आफुमाथि भएको यो नवौं आक्रमण रहेको पनि सोमीले बताएकी छिन् । घटना’ उनले भनिन,‘हामी एकै समयमा पीडित र तस्करको पर्खाइमा थियौं। पीडितलाई थाहा थिएन कि उनी सरसफाईको उद्देश्यले राखिएको घरमा जान लागेकी थिइन, यो वास्तवमा तस्करहरूले पीडितहरूलाई लुकाउने ठाउँ थियो ।’ सोमीले भनिन्, ‘दुर्भाग्यवश जब पीडितहरुलाई राखिएको घरतिर जाँदै थिएँ, म आफ्नो कारबाट बाहिर निस्केँ र भित्र नजान्छु भन्ने’ सोचेको मात्र थिएँ ।’ उनले अगाडि भनिन्,‘प्रहरी आइपुग्दा तस्करहरू आफ्नो अखडा (घर)भित्रै रहने मेरो विश्वास थियो । म कारबाट निक्लँदै गर्दा उनीहरुले ममाथि नै हलमा गरे र सख्त घाईते तुल्याए ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार