कोशी प्रदेशका दलित पत्रकारहरुको क्षमता अभिवृद्धि कार्यशाला इटहरीमा सुरु

शुक्रबार, ०३ चैत्र २०७९
इटहरी । पत्रकारिता गर्दै आएका कोशी प्रदेशका दलित पत्रकारहरुको क्षमता अभिवृद्धिमा जोड दिदै सुनसरीको इटहरीमा तीन दिवसिय कार्यशाला सुरु भएको छ । नेपाल पत्रकार महासंघ कोशी प्रदेशको आयोजना तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको सहयोगमा दलित पत्रकारका लागि क्षमता विकास कार्यशाला सुरु गरिएको हो । कोशी प्रदेशका विभिन्न जिल्लाका ३० जना दलित पत्रकारहरुको सहभागिता रहेको नेपाल पत्रकार महासंघ कोशी प्रदेशका दलित विभाग प्रमुख पिवी दियालीले बताए । ३ दिन सम्म चल्ने उक्त कार्यशालाले पत्रकारिता गर्न कार्यरत पत्रकारहरुलाई क्षमता अभिबृद्धि गर्नका लागि थप सहयोग पुर्याउने आयोजकको दाबि छ । कार्यशालामा नेपाल पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष लिला बल्लभ घिमीरे , नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का , नेपाल पत्रकार महासंघ कोशी प्रदेश दलित विभाग प्रमुख पिवी दियाली , पत्रकार राजन केडी लगायतले सहजिकरण गरिरहेका छन ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार