आजको मौसम: तराईका केही भेगमा हुस्सु, पहाडी क्षेत्रमा वर्षाको सम्भावना

सोमबार, १० मंसिर २०८१
काठमाडौँ : केही पहाडी भूभागबाहेक मुलुकभरको मौसम सफा रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली भएको छ। तराईका केही स्थानमा भने बिहानैदेखि हल्का हुस्सु लागेको छ। दिउँसो कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको  छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। महाशाखाका अनुसार राति कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार