इलाम ः उद्योग दिवसको अवसरमा उद्योगीहरूलाई सम्मान गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय इलामले दसौँ उद्योग दिवसको अवसरमा जिल्लाका कृषि फर्म देखी सिलाई बुनाई व्यवसाय गर्नेहरूलाई सम्मान गरेको हो ।
जिल्लाका उत्कृष्ट ६ जना उद्यमी र एउटा कृषि प्रशोधन उद्योग चलाउने साना किसानलाई सम्मान गरेको छ ।
जडीबुटी प्रशोधन केन्द्रका सञ्चालक माईजोगमाइ ६ का नित्यराज दाहाल, सुवास कृषि फर्मका सञ्चालक देउमाई नगरपालिका ४ का सुवास घिमिरे, सिलाई कटाई व्यवसायी देउमाई नगरपालिका ४ कि पवित्रा नेपाली, होटेल व्यवसायी इलाम नगरपालिका ७ का राजु देवान, डेरी उद्योग सञ्चालिका सूर्योदय नगरपालिका ३ का तुलु थिङ्ग, अकबरे मसला अचार उद्योगकी सञ्चालिका इलाम नगरपालिका ७ कि गोमा देवी गौतम र रोङ्ग गाउँपालिका ५ रहेको साना किसान कृषि प्रशोधन उद्योगलाई सम्मान गरेको कार्यालयका एकनाथ दाहालले जानकारी दिए ।
त्यस्तै उत्कृष्ट कर्मचारीको रुपमा कम्प्युटर अपरेटर निरोज राईलाई पुरस्कृत गरिएको छ ।
सिङ्गो देशकै उद्योग धन्दा धराशायी भएको अवस्थामा निराशा पैदा हुन नदिन पनि सम्मान गरिएको कार्यालय प्रमुख दाहालको भनाई छ ।
इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण पौडेलले कच्चा पदार्थमा आधारित उद्योगलाई प्रोत्साहन गरेर अघि बढ्न जरुरी रहेको बताए ।
घरेलु तथा साना उद्योग कार्यालय इलामको तथ्याङ्क अनुसार कार्यालयमा हालसम्म ४५ सय ९३ वटा उद्योग दर्तामा रहेको रेको घरेलु कार्यालयका उद्योग शाखा अधिकृत किरण कार्कीले जानकारी दिए ।
त्यस्तै १५ सय ८० वटा वाणिज्य फर्म दर्ता भएका छन् ।
प्रतिक्रिया
लेखकको बारेमा
टीका खतिवडा
इलामबाट पत्रकारिता गर्ने खतिवडा, प्रदेश खबरका लागि समेत कलम चलाउँछन् ।
प्रतिक्रिया