काठमाडौं : रामेछापमा आज (शुक्रबार) दिउँसो सुमो दुर्घटनामा परेर मृत्यु भएका पाँच जनामध्ये चार जनाको पहिचान खुलेको छ।
मृत्यु हुनेमा रामेछापको गोकुलगंगा गाउँपालिका ४ का वडाध्यक्ष ४५ वर्षीय रामचन्द्र बस्नेत, सोही गाउँपालिका ५ की ३० वर्षीया कविता कार्की खड्का र उनकी ७ वर्षीया छोरी स्वस्तिका खड्का, उक्त गाडीका चालक मन्थली नगरपालिका १० चिसापानीका ३५ वर्षीय हिराबहादुर कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी मृत्यु भएका अर्का एक जनाको भने सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
काठमाडौंबाट बेतालीतर्फ जाँदै गरेको ना १ ज ७१२३ नम्बरको फोर्स गाडी गोकुलगंगा गाउँपालिका ६ सिमलडाँडामा दुर्घटना भएको हो।
दुर्घटनामा कास्कीको लेखनाथ नगरपालिकाका ४२ वर्षीया केशव शर्मा र गोकुलगंगा गाउँपालिका ४ बेतालीकी २७ वर्षीया सरस्वती कार्की घाइते भएका छन्। एक जना घाइतेको पहिचान खुलेको छैन।
प्रतिक्रिया