नेपालका एक लाख उद्यमीलाई मोटिभेसनल तालिम दिइने

आइतबार, १६ मंसिर २०८१
काठमाडौँ । आन्टरप्रेनर्स क्लब ग्लोबलले नेपालका एक लाख उद्यमीहरूलाई मोटिभेसनल तालिम दिने भएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रममा आन्टरप्रेनर्स क्लब ग्लोबलले सो जानकारी दिएको हो । आन्टरप्रेनर्स क्लब ग्लोबलको नियमित कार्यक्रम सिरिज अन्तर्गत नोभेम्बर सिरिजको सो कार्यक्रम भएको आन्टरप्रेनर्स क्लब ग्लोबलले जनाएको छ । नोभेम्बर सिरिजको उक्त कार्यक्रममा संयुक्त राज्य अमेरिकाको युनिभर्सिटी अफ न्यूयोर्कका प्रोफेसर डा।राजन थपलियालाई स्पिकरको रूपमा आमन्त्रण गरिएको थियो । स्पिकरका रूपमा डा।राजन थपलियाले नेपाललाई एआई हबको रूपमा विकास गर्न सकिने प्रशस्त सम्भावनाहरू रहेको धारणा व्यक्त गरे । एआई ले परम्परागत प्रद्धतिलाई विस्थापित गरी नयाँ प्रविधिको विकास गर्दैरहेको सन्दर्भमा नेपाल जस्तो भूपरिवेष्टित मुलुकले पनि एआई को क्षेत्रमा लिड गर्न सक्ने उनले बताए । त्यसका लागि सरकार र आन्टरप्रेनर्स दुवैको भूमिका महत्त्वपूर्ण रहेको उनले बताए । डा। राजन थपलिया डाटा जुपिटरका फाउन्डर सिइओ हुन् । उनले एआई विज्ञका रूपमा संयुक्त राज्य अमेरिकाको पाँचभन्दा बढी विश्वविद्यालयहरूमा भिजिटर्स प्राध्यापकका रूपमा प्राध्यापन गर्दै आएका छन् । त्यसै गरी अर्का वक्ताका रूपमा अमेरिकामै प्रोजेक्ट म्यानेजमेन्टमा काम गरिरहेका अमर हजारियाले आफ्नो कार्यपत्र सहितको वक्तव्य प्रस्तुत गरेका थिए । आयोजक आन्टरप्रेनर्स क्लब ग्लोबलका अध्यक्ष शम्भु पोखरेल आन्टरप्रेनर्स क्लब ग्लोबलले आन्टरप्रेनर्स हरूको सैद्धान्तिक, प्राविधिक विकास र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कनेक्सनमा सक्रिय भूमिका निर्वाह गर्दै आएको बताए। युवाहरूमा आन्टरप्रेनर्स माइन्ड प्रस्फुटन गराउन सके युवाहरू विदेश पलायन हुने अवस्था रोक्न सकिने अध्यक्ष पोखरेलले बताए । आन्टरप्रेनर्स क्लब ग्लोबलको नियमित सिरिज अन्तर्गत अर्को कार्यक्रम डिसेम्बर अन्त्यमा हुने आयोजकले बताएका छन् । कार्यक्रममा १०० भन्दा बढी नेपालका उद्यमीहरू सहभागी भएका थिए ।

प्रतिक्रिया

नेपाल न्युज बैंक
लेखकको बारेमा
नेपाल न्युज बैंक

नेपाल न्युज बैंक समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार