काठमाडौँ : सहकारीको रकम हिनामिना प्रकरणमा थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेले जाँचबुझ आयोगमा करिब ७ घण्टा १५ मिनेट बयान दिएका छन्।
बुधबार दिउँसो १ बजे नख्खु कारागारबाट सिंहदरबारस्थित उच्चस्तरीय जाँचबुझ आयोगमा उपस्थित गराइएका लामिछानेलाई बयानपछि पुनः कारागार फर्काइएको हो।
गौरीबहादुर कार्की नेतृत्वको आयोगले जेनजी आन्दोलनका क्रममा भएको प्रहरी दमन र देशभरका घटनाबारे छानबिन गरिरहेको छ। यसअघि आयोगले जेलर सत्यराज जोशीसँग पनि बयान लिएको थियो।
प्रतिक्रिया