२०७४ सालमा १६ जना सेयर सदस्यबाट स्थापना भएको कोषमा हाल १ सय ३१ जना सेयर सदस्य छन् । संस्थाले अहिले बिना धितो आफनो सेयर सदस्यहरुलाई १ लाख रुपैयाँसम्म ऋण दिने गरेको सस्थाका अध्यक्ष जयप्रकाश अधिकारीले बताए ।
साधारणसभाबाट पुनः जयप्रकाश अधिकारीकै अध्यक्षतामा पुरानो समितिलाई निरन्तरता दिने निर्णय भएको सस्थाका उपाध्यक्ष शान्तिबहादुर अधिकारीले बताए ।
संस्थाका अध्यक्ष जयप्रकाश अधिकारीको सभापतित्वमा सम्पन्न भएको साधारणसभामा उपाध्यक्ष शान्तिबहादुर अधिकारी, कुलपुजा प्रतिष्ठान झापाका अध्यक्ष दिलबहादुर अधिकारी, अधिकारी कुल बंश सामाजका अध्यक्ष पदम अधिकारी, नेपाली सेनाका पुर्ब मेजर तपिन्द्र अधिकारी, सचिव लिलाराज अधिकारी लगायतले मन्तब्य राखेका थिए ।
बक्ताहरुले बिश्वभरका अधिकारीहरु एकै परिवार भएका कारण एकजुट भएर लाग्नुपर्ने कुरामा जोड दिएका थिए ।
प्रतिक्रिया