हिरासतमुक्त हुने सम्भावना समाप्तश्रीमती हत्यापछि शव लुकाएको आरोपमा गत २२ अगस्टमा पक्राउ परेका उनीमाथि यसअघि हत्या अभियोग लाग्ने–नलाग्ने अन्योल थियो । प्रहरीसँगको बयानमा भट्टले श्रीमती ममताको हत्या तथा उनको शव लुकाएको कुरा अस्वीकार गर्दै आएका थिए । निरन्तरको इन्कारी बयानका कारण उनी चाँडै प्रहरी हिरासतबाट मुक्त हुने अनुमान गरिएको थियो । तर, हत्या अभियोग लागेसँगै हिरासतमुक्त हुने सम्भावना अब सकिएको छ । गत १६ साउन (२९ जुलाई)मा अमेरिकाको भर्जिनियाको मनाससस्थित घरबाट ममता बेपत्ता भएकी थिइन् । प्रहरीसँगको बयानका क्रममा उनले श्रीमती ममता जीवितै रहेको दाबीसमेत गरेका थिए । उनको यस दाबीले ममता जीवितै रहेको झिनो आशा त्यसबेला पलाएको पनि थियो । तर, ममताको हत्या भएको पुष्टि गर्दै उनका पति नरेशलाई सोमबार ग्रान्ड जुरीले हत्याको अभियोग लगाएको हो ।
प्रतिक्रिया