झापा : प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापा आईपुगेका छन् ।
विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा झापा पुगेका प्रम ओलीलाई चन्द्रगढी विमानस्थलमा कोसी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा (एमाले) स्थायी कमिटी सदस्य शेरधन राई, एमालेका कोसी प्रदेश अध्यक्ष घनश्याम खतिवडा लगायतले स्वागत गरे ।
उनले आजै मेचीनगर नगरपालिका–४ मा १९औँ शाखाका रूपमा स्थापना गरिएको मानव सेवा आश्रम र दमक नगरपालिका–३ दापगाछीमा नवनिर्मित दमक व्यावसायिक कम्प्लेक्सको उद्घाटन गर्ने प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए।
प्रजिअ बास्तोलाका अनुसार व्यावसायिक कम्प्लेक्स उद्घाटन कार्यक्रममा उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह र खानेपानी मन्त्री प्रदीप यादवसमेत सहभागी हुने कार्यक्रम छ ।
ओलीको निर्वाचन क्षेत्रमा रहेको दमकमा १ अर्ब ४५ करोड रूपैयाँ खर्च गरेर दमक बिजनेस कम्प्लेक्स निर्माण गरिएको छ । अनावश्यक ढंगले भ्युटावर निर्माण गरिएको भन्दै प्रधानमन्त्री ओलीको आलोचना हुँदै आएको छ ।
प्रतिक्रिया