सेयर बजारमा उच्च गिरावट, नेप्से २७ सयमुनि

आइतबार, २३ मंसिर २०८१
काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४५.९३ अकंले घटेर २६८९ बिन्दुमा कायम भएको छ । आज ३२१ कम्पनीको एक करोड ७३ लाख ९२ हजार कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४६ करोडको कारोबार भएको छ । बजार घट्दा नेप्से उपसमूहमा रहेका सबै समूह राताम्मे भएका छन्। सर्वाधिक गिरावट जीवन बीमा समूहमा देखिएको छ। यो समूह ३.०७ प्रतिशतले घटेको छ। आज बजारमा २७ कम्पनीको मात्रै सेयरमूल्य बढेको छ भने २१४ कम्पनीको सेयरमूल्य ओरालो लागेको छ। यो दिन ३ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ। घटेको बजारमा खानीखोला हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। यो कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार