इटहरी : भारतीय क्रिकेटर शिखर धवन स्वेदश फर्किएका छन् । भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्वओपनर रहेका धवन एनपिएलका चार खेल खेलेर फर्किएका हुन् ।
आइतबार सगरमाथा आधार शिविरको भ्रमण गरेर उनी स्वदेश फर्किएका हुन् ।
हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले उनलाई चार खेलको लागि भित्र्याएको थियो । उनी कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरेसहितको टोलीसँग आइतबार बिहान सगरमाथा आधार शिविर पुगेका थिए ।
कर्णाली याक्सले जनाएअनुसार धवनले झण्डै चार घण्टा सगरमाथा आधार शिविरमा बिताएका थिए ।
कर्णाली याक्सबाट एनपिएल खेल्न नेपाल आएको मौका छोपेर उनले केही दिनअघि पशुपतिनाथको पनि दर्शन गरेका थिए । उनले आगामी मार्च महिनामा फेरि नेपाल आउने इच्छा व्यक्त गरेको कर्णालीले जनाएको छ ।
एनपिएलमा कर्णालीले खेलेको पहिलो चार खेलमा मैदान उत्रिने क्रममा धवनले एक अर्धशतकसहित १३६ रन बनाएका थिए ।
प्रतिक्रिया