इलाम गोल्डकप : चर्च ब्वाइजसँग त्रिभुवन आर्मी स्तब्ध

सोमबार, २४ मंसिर २०८१
इलाम : दोस्रो इलाम गोल्डकप अन्तर्गत सोमबार सम्पन्न खेलमा चर्च ब्वाइज फुटबल क्लब काठमाडौंले त्रिभुवन आर्मीलाई २.१ गोल अन्तरले पराजित गरेको छ । यससँगै चर्च ब्वाइजले सेमिफाइनलका लागि स्थान सुरक्षित गरेको हो । खेलको १ मिनेटमै त्रिभुवन आर्मीले पेनाल्टी प्रहारको मौका पाएको थियो । आर्मीका निरज चौधरीले पेनाल्टी प्रहारबाट गोल गदै आफ्नो टिमलाई अग्रता दिलाए । तर, ७६ मिनेटमा चर्च ब्वाइजका तर्फबाट सन्तोष खत्रीले १ गोल गर्दै खेललाई बराबरी बनाए । लगत्तै ८० मिनेटमा चर्च ब्वाइजकै अर्मान्डो विन्डोवाले दोस्रो गोल गरी सेमिफाइनलको यात्रा तय गरेको हो । खेलको म्यान अफ द म्याच चर्च व्वाइजका रोहन कार्की घोषित भए । उनले नगद आठ हनार एक सयसहित ट्रफी प्राप्त गरे । मंगलबार मच्छिन्द्र क्लब काठमाडौं र रेड स्टार क्लब झापाबीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार