विद्यार्थीहरुलाई घोकन्ते विद्याभन्दा प्रयोगात्मक शिक्षामा जोड दिँदै ब्यावहारिक ज्ञान प्रदान गर्नका लागि प्रदर्शनी गरिएको थियो ।
विद्यालयकी प्रिन्सिपल ग्रेस आचार्यका अनुसार विद्यार्थीलाई निर्धारित पाठ्यक्रममा मात्र सीमित नराखी अतिरिक्त क्रियाकलापमा पनि सहभागी गराएर ज्ञान दिलाउने गरिएको छ ।
प्ले ग्रुपदेखि कक्षा ५ सम्मका विद्यार्थीहरुले बनाएका रोबोट, फाउन्टेन, चिल्ड्रेन पार्क जस्ता सामग्री प्रदर्शन गरिएको थियो ।
वर्षभरि अध्ययन गराएका कुराहरुलाई विद्यार्थीले कसरी सिके र व्यवहारमा कसरी प्रयोग गर्छन् भन्ने थाहा पाउन उनीहरुलाई अवसर दिइएको थियो ।
विराटनगर, इनरुवा, झुम्का, तरहरादेखि इटहरी आसपासका विद्यालयका विद्यार्थी समेत प्रदर्शनी अवलोकन गर्न आएका थिए ।
प्रदर्शनी संयोजक किरण दासले विद्यालयमा आइसकेपछि आफूहरुले धेरै कुरा सिक्ने अवसर पाएको बताए । उनले यस्तो सिर्जनात्मक गतिविधिले विद्यार्थीलार्इ परम्परागत सामग्रीहरुकोे जगेर्ना गर्न सिकाउँदै व्यावहारिक शिक्षा प्रदान गर्ने बताए ।
अवलोकनकर्ताका रुपमा सहभागी निःसहाय आश्रम इटहरीकी सञ्चालिका गीता गौतमले विद्यालयले गरेको प्रदर्शनीबाट आफू निकै प्रभावित भएको बताइन् ।
उनले यस्ता प्रकृतिका कार्यक्रमबाट धेरै विद्यार्थीका लागि व्यावहारिक चेतना जागृत हुने उल्लेख गरिन् । परम्परागत रुपमा लोप हुदै गएका ढिकी जातो मानो पाथी कुरुवा , ढाकी जस्ता सामाग्रीहरुहरुको जगेर्ना र पहिचानको लागि पनि संकलन गरेर बिध्यार्थी तथा अभिभावकका माझमा प्रस्तुत्गरिएको थियो । प्रदर्शनीबाट संकलित रकमले इटहरीमा रहेको अनाथाश्रममा रहेका बालबालिकालाई सहयोग गर्ने विद्यालयले जनाएको छ ।
प्रतिक्रिया