काठमाडौँ । बुटवलको तिनाउ पुलमा बलेरो जिप दुर्घटना हुँदा दम्पतीसहित ३ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बुटवल–१२ नयाँ गाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ बर्सिया गौरी खनाल र जिप चालक ३२ वर्षीय हरि न्यौपाने रहेका छन् ।
गौरी खनाललाई दमको उपचारका लागि नयाँ गाउँबाट लुम्बिनी प्रादेशिक अस्पताल ल्याउने क्रममा जिप अनियन्त्रित भई पुलको डिभाइडरमा ठोक्किएर पल्टिएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया