पत्रकार महासंघ कोशीको अध्यक्षमा भरत खड्का निर्वाचित (कसको कति मत ?)

शनिबार, २९ मंसिर २०८१
इटहरी : नेपाल पत्रकार महासंघ कोशी प्रदेशको अध्यक्षमा भरत खड्का निर्वाचित भएका छन् । प्रेस चौतारी र प्रेस युनियन गठबन्धनका उम्मेदवार रहेका खड्का ६१४ मतसहित उनी अध्यक्षमा निर्वाचित भएका हुन् । खड्का महासंघ उदयपुरमा दुईपटक अध्यक्ष भइसकेका व्यक्ति हुन् । प्रेस चौतारीमा आवद्ध रहेका उनी युनियनसँगको गठबन्धनबाट अध्यक्षका निर्वाचित भएका हुन् । उनका प्रत्यासी विवेक गौतमले ३१७ मत प्राप्त गरे । यसैगरी अर्का उम्मेदवार सन्तवीर लामाले १२७ मत प्राप्त गरे । उपाध्यक्षमा कुमोद अधिकारीले ६८० मतसहित निर्वाचित हुँदा अर्का उम्मेदवार शिवप्रसाद ढुंगानाले ३२५ मत प्राप्त गरे । महिला उपाध्यक्षमा ६८१ मतसहित अम्बिका भण्डारी निर्वाचित हुँदा रिता मोक्तानले ३३८ मत प्राप्त गरिन् । महासचिवमा हिमाकुमारी चेम्जोङले ६६५ मतसहित निर्वाचित भइन् । महासचिवका प्रत्यासी अमृत बास्तोलाले २७५ र राजेन्द्रकुमार राईले १०६ मत प्राप्त गरे । समावेशी सचिवमा अरबिन्दकुमार मेहता ६०९ मतसहित निर्वाचित भए । यसैगरी अर्का उम्मेदवार गजेन्द्र राईले ३८४ मत प्राप्त गरे । खुल्ला सचिवमा ध्रुव भट्टराई निर्विरोध निर्वाचित भए । कोषाध्यक्षमा ५२२ मतसहित सुदीप कोइराला निर्वाचित भए । कोषाध्यक्षका उम्मेदवार किशोर बुढाथोकी र मोहन भट्टराईले समान २२२ मत प्राप्त गरे । अर्का उम्मेदवार बाबुराम भण्डारीले ६२ मत प्राप्त गरे । कसको कति मत ?

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार