बर्दिया : बर्दियामा दुर्घटना हुँदा बाबु–छोरीको मृत्यु भएको छ । बर्दिया अस्पतालनजिक आइतबार स्कुटी दुर्घटना हुँदा बाबु र छोरीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार मृत्यु हुनेमा गुलारिया–६ का रामकुमार साह र उनकी ६ वर्षीया छोरी विद्या साहको मृत्यु भएको हो ।
रामकुमारले चलाएको बा ६८ प ७०३६ नम्बरको स्कुटर ट्याक्टरमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । स्कुटरमा साहसहित चार जना सवार रहेका थिए ।
प्रहरीका अनुसार साहका श्रीमती रुबी साह र छोरा प्रिन्स साह घाइते भएका छन् । उनीहरूको उपचार जिल्ला अस्पतालमा भइरहेको प्रहरीको भनाइ छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया