काठमाडौँ । काठमाडौँ महानगरपालिकाका पूर्व मेयर पिएल सिंहको निधन भएको छ ।
पूर्व मन्त्रीसमेत रहेका ८५ वर्षीय सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा निधन भएको हो । उनी लामो समयदेखि आन्द्राको समस्याबाट पीडित थिए ।
२०४९ मा स्थानीय निर्वाचन जितेर उनी तत्कालीन काठमाडौँ नगरपालिकाका मेयर बनेका थिए । पञ्चायत व्यवस्थापछि सिंह काठमाडौँका पहिलो मेयर हुन् । सिंहको निधनमा काठमाडौँ महानगरले शोक बिदा दिएको छ ।
प्रतिक्रिया