काठमाडौँ : नेपाल पत्रकार महासंघको निर्वाचनमा नेपाल प्रेस युनियनबाट प्रतिनिधित्व गर्दै ३५ जिल्लामा नेतृत्व लिएको छ । ७७ जिल्लामध्ये ४३ जिल्ला शाखामा अध्यक्ष पदमा उमेद्वारी दिएपनि ३५ जिल्लामा युनियनले नेतृत्व लिएको हो ।
महासंघको संरचनामा १० वटा प्रदेश समिति रहेकोमा ४ वटा प्रदेश समितिको अध्यक्ष युनियनका उमेदवारले जिते ।
युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसीकाअनुसार युनियनका उमेद्वारले कोशी प्रदेशका १४ वटा जिल्लामध्ये ८ वटा जिल्लामा युनियनले नेतृत्व लिएको छ ।
जसअनुसार पाँचथरमा भीम बाँस्कोटा, तेह्रथुममा टिआर सेनेहाङ, धनकुटामा विदुर खवास, झापामा एकराज गिरी, उदयपुरमा भक्तिविलास पोखरेल, संखुवासभामा कृष्णराज शाक्य, मोरङमा सुशीला पाठक र सोलुखुम्बुमा सुवास दर्नालले नेतृत्व लिएका छन् ।
यसैगरी मधेस प्रदेशको धनुषामा पुरन शाह, सर्लाहीमा ओमप्रकाश ठाकुर, सप्तरीमा श्रवण देव र रौतहटमा सन्जय कार्कीले नेतृत्व लिएका छन् ।
वागमती प्रदेशको सिन्धुपाल्चोकमा ध्रुव दंगाल, चितवनमा वसन्त पराजुली, नुवाकोटमा नवराज सुवेदी, रामेछापमा दीपक घिमिरे, सिन्धुलीमा बाबुराम कार्की, र भक्तपुरमा सुन्दर सिल्पकारले नेतृत्व लिएका छन् ।
उता गण्डकी प्रदेशकाको म्याग्दीमा हरिकृष्ण गौतम, स्याङ्जामा प्रदीप कोइराला, तनहुँमा डिपी अधिकारी, लमजुङमा सन्देश पौडेल, नवलपुरमा श्रीराम सिग्देल र मनाङमा नवीन लामिछानेले नेतृत्व लिएका छन् ।
यसैगरी लुम्बिनी प्रदेशको दाङमा सन्तोष सुवेदी, प्युठानमा श्रीराम भण्डारी र बाँकेमा नवीन गिरीले नेतृत्व लिएका छन् । उता, कर्णाली प्रदेशको जाजरकोटमा सुरेन्द्र बहादुर सिंह, हुम्लामा राजन बस्नेत, सुर्खेतमा मधुवन बिसी र सुशील शर्मा (समान मत) र मुगुमा अच्युतराज भण्डारीले नेतृत्व लिएका छन् ।
यसैगरी सुदूरपश्चिमको अछाममा रमेश राउत, डोटीमा प्रकाश बम, कैलालीमा श्रवण देउवा, र बझाङमा डिपी बिष्ट/ललित शाही (समान मत) नेतृत्व लिएका छन् ।
यसैगरी युनियनबाट प्रतिनिधित्व गर्दै उपत्यका प्रतिष्ठानमा रमेश वाग्ले, गण्डकीमा रमेश पौडेल, लुम्बिनीमा शुक्रऋषि चौलागाईँ, र सुदूरपश्चिममा भरत शाहले नेतृत्व लिएका छन् ।
प्रतिक्रिया