काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय अभ्यासलाई पारदर्शी ढङ्गले अझ उचाइमा पु¥याउन संसदीय पत्रकारिताले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।
सोमबार काठमाडौँमा संसदीय मामिला पत्रकार समाजद्धार आयोजित कार्यक्रममा ‘संसदीय पत्रकारितास् अवधारणा र अभ्यास’ विमोचन गर्दै उनले संसदीय पत्रकारिताले नै समाजमा संसदीय व्यवस्थाको महत्वलाई बुझाउन मद्दत गरेको बताएका हुन् ।
उनले भने, ‘समाजमा संसदीय व्यवस्थाको महत्वलाई बताउने ,बुझाउने र यसले गरिरहेको गतिविधिलाई जनतामाझ पु¥याउने र पारदर्शी ढङ्गले यसलाई अझ उचाइमा लैजाने काममा संसदीय पत्रकारिताले भूमिका खेल्दै आएको छ ।’
उनले, संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउन र संसदीय गतिविधिलाई जनतामाझ लैजान सासदका गतिविधिलाई खुला गरेको बताए । पत्रकारहरुलाई लबी भित्र ल्याउने व्यवस्थाबारे नियमावलीमा समेत प्रबन्ध गरेर कार्यविधि बनाउने कार्य गरिरहेको उनले जानकारी दिए ।
उनले भने, ‘संसद्को गरिमालाई उच्च बनाउन,संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउन र संसदीय गतिविधिलाई जनतामाझ लैजानलाई हामीले सांसदका गतिविधिलाई खुला गरेका छौँ । तर खुला गर्दै गर्दा यसका सकारात्मक र नकारात्मक दुवै पाटो छन् । यसलाई के गर्दा उचित हुन्छ हामीले यसको समीक्षा गर्न जरुरी छ । म आएपछि हामीले पत्रकारहरूलाई लबी भित्र ल्याउने व्यवस्थाको बारेमा नियमावलीमा एउटा प्रबन्ध गरेका छौँ । त्यसको आधारमा कार्यविधि बनाउने कार्य पनि गरिराखेको छौैं ।’
यस्तै ,राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सांसद र सिङ्गो संसद् सचिवालयको सहकार्यलाई व्यवस्थित गरेर लैजानुपर्ने धारणा राखे । सांसदहरू र पत्रकारहरुकोबीच थोरै असमझदारी देखिएको भन्दै त्यसको लागि खुला बहस गर्न आवश्यक रहेको बताए ।
उनले भने,‘सांसद र सिङ्गो संसद् सचिवालयको सहकार्यलाई व्यवस्थित गरेर लैजानुपर्छ । सांसदहरू र पत्रकारहरुकोबीच थोरै असमझदारी कहीँ कतै असहज बनेजस्तो देखिन्छ । त्यसको लागि अलि खुला बहस हुनुपर्छ जस्तो लाग्छ ।’
त्यस्तै,उपसभामुख इन्दिरा रानाले सञ्चार क्षेत्रले सत्य र सकारात्मक सन्देश दिने गरी समाचार सम्प्रेषण गर्नुपर्ने बताइन् ।
प्रतिक्रिया