काठमाडौं । सर्वोच्च अदालतले नेकपा (एमाले)लाई जग्गा दान दिने भाटभटेनी डिपार्टमेन्ट स्टोरका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङको निर्णयविरुद्धको रिट खारेज गरिदिएको छ ।
सोमबार न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले जग्गा दानविरुद्ध दायर भएको रिट निवेदनलाई खारेज गरिदिएको हो ।
रिट निवेदक अधिवक्ता ज्ञानबहादुर बस्नेतले रिट खारेज भएको पुष्टि गरे ।
प्रतिक्रिया