सुनसरीबाट १ सय ९० केजी गाँजा बरामद

मंगलबार, ०२ पुस २०८१
सुनसरी : सुनसरीबाट करिब १ सय ९० केजी गाँजा बरामद भएको छ । धरान उपमहानगरपालिका १३ शिवधारास्थित कोशी लोकमार्गबाट गाँजा बरामद भएको हो । भेडेटारबाट धरानतर्फ आउँदै गरेको बा १० च ६८५२ नम्बरको सुजुकी कारको डिक्कीमा प्लाष्टिकले प्याकिङ गरेर ल्याउँदै गरेको गाँजा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस धरानले बरामद गरेको हो । चालक भने फरार छन् । सशस्त्र प्रहरी बलले बताए अनुसार चेकजाँचका लागि रोक्ने क्रममा ती चालक सडकमै गाडी छाडेर भागेका हुन् । सोही कारलाई पछ्याउँदै आएको को ३५ प २०४५ नम्बरको मोटरसाइलकमा सवार २ जनालाई पनि गाँजा तस्करीमा संलग्न रहेको शंकास्पद अवस्थामा देखिएपछि नियन्त्रणमा लिइएको छ । बरामद गाँजा, कार, मोटरसाइकल र व्यक्तिलाई आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको बताइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार