इटहरी १७ स्थित रामजानकी शान्ति बृद्धाश्रममा विशेष कार्यक्रम गरी स्मृति दिवस मनाइएको हो । त्यस अवसरमा बृद्धाहरुका लागि खाद्यान्न तथा फलफुलहरु बितरण गरिएको थियो । आश्रममा कफीका बिरुवाहरु रोपिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि एवम नेपाली कांग्रेसका केन्द्रिय सदस्य राजीव कोइरालाको प्रमुख आतिथ्य तथा बिशिष्ट अतिथि नेपाली कांग्रेसका कोशी प्रदेश सदस्य सूर्य राई, अञ्जना राई, अम्बिका घिमिरे, जिल्ला उपसभापति नगेशचन्द्र राई सभापति केदार भण्डारी, महिला संघ जिल्ला सभापति बिजया कटुवाल र जिल्ला सदस्य प्रकाश बस्नेतले मन्तव्य राखेका थिए ।
उनीहरुले प्रजातन्त्र ल्याउनका लागि गिरिजाप्रसाद कोइरालाको त्याग र समर्पणमाथि चर्चा गरेका थिए ।
केन्द्रिय सदस्य कोइरालाले प्रजातन्त्र ल्याइदिएका कारण सुखी नेपाली सम्बृद्ध नेपाल बनाउनका लागि खेलेको भूमिकाबारे चर्चा प्रशंसा गरेका थिए । कार्यक्रमका फाउण्डेशनका जिल्ला अध्यक्ष केशबप्रसाद भटराइले पनि गिरिजाप्रसाद कोइरालाको त्याग र बलिदानीका बारेमा चर्चा गरेका थिए । बहुदलीय व्यवस्था पुनःथापनापछि कोइराला चारपटक नेपालको प्रधानमन्त्री बनेका थिए ।
कोइराला २०४८ जेठ १२ देखि २०५१ मङ्सिर १४, २०५५ वैशाख २ देखि २०५६ जेठ १७, २०५६ चैत ९ देखि २०५८ साउन ११ र २०६५ जेठ १५ देखि २०६५ भदौ २ सम्म गरी चारपटक नेपालको प्रधानमन्त्री भएका थिए। २०४६ सालपछिको २० वर्षे नेपाली राजनीतिको शीर्ष स्थानमा रहने एकमात्र नेता गिरिजाप्रसाद नै थिए ।
उनले आफ्नो राजनीतिक जीवनको सुरुवात गृहहनगर विराटनगरको जुट मिलका श्रमिक नेताको रूपमा गरेका थिए।
२०६६ चैत ७ गते उनको निधन भएको थियो। माओवादीलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराएका उनलाई एक निर्भीक र निडर नेताका रूपमा लिने गरिन्छ ।
प्रतिक्रिया