इटहरी : मोरङमा एक युवतीमाथि सामूहिक बलात्कार भएको घटनामा संलग्न रहेका तीन जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा कटहरी २ बस्ने १९ वर्षीय मोहम्मद रमजान, सोही ठाउँ बस्ने १९ वर्षीय सोनु कुमार साह र भारतको अररिया जिल्ला कुशाकट्टा बस्ने १९ वर्षीय मोहम्मद गुल्जार रहेका छन् ।
मंगलबार दिउँसो मोरङको कटहरी २ स्थितमा २३ वर्षीया युवती अचेत अवस्थामा भेटिएकी थिइन् । हात, खुट्टा बाँधिएको अवस्थामा उनी अचेत भेटिएपछि बलात्कार भएको पुष्टि भएको थियो ।
पीडितसँगको प्रारम्भिक बयान एवं घटनास्थलको सूक्ष्म अनुसन्धानका आधारमा उनीहरू पक्राउ परेका हुन् ।
उनीहरूमाथि अपहरण, शरीर बन्धक राखेर ज्यान मार्ने उद्योग र जबरजस्ती करणी मुद्दामा मोरङ जिल्ला अदालत विराटनगरबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मंगलबार बिहान मर्निङ वाक निस्किएको बेला २२ वर्षीय युवतीमाथि सामूहिक बलात्कार भएको थियो । सामूहिक बलात्कारपछि हात, खुट्टा बाँधेको र मुखमा पट्टी लगाएको अर्धचेत अवस्थामा युवती फेला परेको मोरङ प्रहरीको भनाइ छ ।
पक्राउ परेकामध्ये रमजानले ती युवतीमाथि बलात्कार गरेको र अन्य दुईजनाले भने हात, खुट्टा बाँध्न सघाएको खुलेको छ ।
पीडितको विराटनगरस्थित कोसी अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
यो पनि - अपराधको पराकाष्ठा : मोरङमा हात, खुट्टा बाँधेर युवतीमाथि बलात्कार !यो पनि - मोरङमा अचेत भेटिएकी युवतीमाथि बलात्कारको आशंकामा शंकास्पद तीनजना पक्राउ
प्रतिक्रिया