सुनको भाउ बढ्यो, तोलाको कति ?

बुधबार, २४ पुस २०८१
काठमाडौं । नेपाली बजारमा दुई दिनदेखि स्थिर रहेको सुनको भाउ आज (बुधबार) भने बढेको छ । आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ५०० रुपैयाँले कारोबार भइरहेको छ । यसअघि सोमबार र मंगलबार सुनको मूल्य स्थिर रहेको थियो । यी दुई दिन प्रतितोला १ लाख ५२ हजारमा कारोबार भएको थियो । यता आज चाँदीको मूल्य भने स्थिर रहेको महासङ्ले जनाएको छ । चाँदी तोलामा १ हजार ८३० रुपैयाँमा नै कारोबार भइरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार