इजरायली सैन्य कारबाहीमा परी ४५ हजार बढी प्यालेस्टाइनीको मृत्यु

विहीबार, २५ पुस २०८१
एजेन्सी । गाजापट्टीमा जारी इजरायली सैन्य कारबाहीमा परी कम्तीमा ४५ हजार ९३६ बढी प्यालेस्टाइनीको ज्यान गएको छ । अक्टोबर २०२३ मा युद्ध सुरु भएयता १ लाख ९ हजार बढी घाइते भएका छन् । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार विगत २४ घण्टामा इजरायली आक्रमणका कारण ५१ जनाको मृत्यु भएको र ७८ जना घाइते भएको विज्ञप्तिमा उल्लेख छ । इजरायलले गाजा सहरमा धेरै हवाई आक्रमणहरू सञ्चालन गरेको साथै सहरको केन्द्र र वरपरका पश्चिमी क्षेत्रहरूलाई निशाना बनाएको विज्ञप्तिमा उल्लेख छ । हालै मध्य गाँजा पट्टी, देइर अल बालाहको पश्चिममा भएको हवाई आक्रमणले एउटा घर ध्वस्त पारेको छ । त्यहाँ चार जनाको मृत्यु भएको छ र धेरै घाइते भएका छन्। त्यस्तै दक्षिणी गाजाको खान युनिसको पश्चिमी भागमा रहेको एक आवासीय भवनलाई लक्षित गरी हवाई आक्रमणमा चार जना घाइते भएका छन्। त्यस्तै इजरायली सेनाले मङ्गलवार राती र बुधवार वेस्ट बैङ्कका विभिन्न स्थानहरूमा कम्तीमा ४५ प्यालेस्टिनीहरूलाई हिरासतमा लिएको छ। - (सिसिटिभी प्लस)

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार