इटहरी : सुनसरीबाट ठुलो मात्रामा लागुऔषध सहित ९ जना पक्राउ परेका छन् ।
जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ट्रामाडोल ४२ हजार ६ सय क्याप्सुल सहित २ जना र वेचविखन तथा ओसार पसारमा संलग्न ७ जना जना सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पुस २५ गते धरान ८ स्थितमा डेरा गरी बस्दै आएका हरीनगर गाउँपालिका ४ का ३१ बर्षीय अरसद अन्सारी र हरीनगर २ का ४५ बर्षीय जियाउल अन्सारीले लागुऔषध बेचबिखन गरिरहेको छ भन्ने सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले कोठा भित्र खानतलासी गरेको थियो ।
सो क्रममा जेब्रा झोलामा लुकाईछिपाई राखेको लागुऔषध ट्रामाडोल ४२ हजार ६ सय क्याप्सुल फेला पारी दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै अस्थायी प्रहरी पोष्ट जोरसखुवाको प्रहरी टोलीले धरान १६ का २४ बर्षीय सुमित भुजेललाई ९ सय क्याप्सुल नियन्त्रित औषधी ट्रामाडोल, ट्रामानिल र १ हजार क्यापसुल स्पास्पेन सहित नियन्त्रणमा लिएको हो ।
त्यसैगरी अस्थायी प्रहरी पोष्ट देउरालीले ट्रामोल, स्पास्पेन गरी जम्मा २६३ ट्याब्लेट, डाईजे एभिल १ सेट र नगद ४४ हजार २७५ रुपैया सहित धरान ५ का १८ बर्षीय भुपेन विश्वाकर्मा, २१ बर्षीय साहिल राई, २७ बर्षीय राकेश तामाङ, ४० बर्षीय नबराज राई र धरान १५ की २७ बर्षीया सोनु राईलाई धरान ५ बाट पक्राउ गरेको छ ।
त्यस्तै कोशी गाउँपालिका ८ बाट इलाका प्रहरी कार्यालय भण्टाबारले १ ग्राम ७०० मिलिग्राम ब्राउन सुगर सहित प्र २ ०३ ०१५ प ७४१९ नम्बरको मोटरसाईकल चालक सप्तरीका २६ बर्षीय रंजित माझीलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ परेकाहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया