नाइजेरियामा कम्तीमा ४० जना किसानको हत्या

मंगलबार, ०१ माघ २०८१
कानो, नाइजेरिया : जिहादीहरूले नाइजेरियाको उत्तरपूर्वी बोर्नो राज्यमा द्वन्द्वग्रस्त क्षेत्रमा हालैको हिंसामा कम्तीमा ४० किसानको हत्या गरेको छ। बोर्नो राज्यका सूचना आयुक्त उस्मान ताररले वेस्ट अफ्रिका प्रान्त (आइएसडब्लुएपी) का लडाकुहरूले आइतबार राति चाड तालको किनारमा रहेको डुम्बामा धेरै किसानहरूलाई गोली हानेर मारेको बताए। 'प्रारम्भिक रिपोर्टहरूले करिब ४० किसानहरू मारिएका देखाएका छन्। आक्रमणबाट बाँचेका धेरै किसानहरूलाई उनीहरूको परिवारसँग पुनर्मिलन गर्न खोजी भइरहेको छ,' ताररले बताए। राज्य सरकारले यस क्षेत्रमा जिहादीहरूसँग लडिरहेका सेनालाई विद्रोही तत्वलाई ट्र्याक गर्न र नष्ट गर्न आदेश दिएको छ। एएफपी

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार