दुई सय रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको कति ?

आइतबार, १३ माघ २०८१
काठमाडौ । साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा दुई सय रुपैयाँ घटेर १ लाख ६० हजार ४ सय रुपैयाँ कायम भएको हो । शुक्रबार छापावाल सुन तोलामा १ लाख ६० हजार ६ सय रुपैयाँ रहेको थियो । त्यस्तै चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको छ । चाँदी आज १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार