काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला एक हजार ४ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ।
अघिल्लो कारोबार दिन सुन प्रतितोला एक लाख ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार ८ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ ।
मंगलबार चाँदी प्रतितोला १ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया