नसरी क्षेत्र नं ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले काँग्रेस नेतृत्वमा वर्तमान गठबन्धनकै सरकार बन्ने बताएका छन् । उनले निर्वाचनमा अमुल्य मत प्रदान गरेर निर्वाचित गराउने सुनसरी ४ बासीलाई धन्यवाद दिए । कार्कीले देशको गरिबी निवारण तथा बेरोजगारी समस्यालाई न्यूनीकरण गर्ने अभियानमा अबको सरकार लागिपर्ने बताएका छन् ।
शुक्रवार वराहक्षेत्र ७ स्थित सप्तकोशी बहुमुखी क्याम्पसको १२ औँ वार्षिक उत्सव कार्यक्रममा बोल्दै कार्कीले शिक्षामा सूचना तथा प्रविधिको प्रयोगमा जोड दिएर योजना बनाउने बताए । आफु लोकतान्त्रिक वाम गठबन्धनबाट विजयी भए पनि सबैको साझा जनप्रतिनिधिको रूपमा काम गर्ने कार्कीले बताए ।
कार्यक्रममा वराहक्षेत्र नगरपालिकाकी उपप्रमुख नन्दकुमारी सुनुवारले क्याम्पसबाट कृषि प्राविधिक विषयको अध्यापन गर्नु पर्नेमा जोड दिएकी थिइन् ।
प्रतिक्रिया