विराटनगर । विराटनगर महानगरपालिका–५ मा हत्या गरेर गाडेको अवस्थामा एक बालिकाको शव फेला परेको छ। मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीका अनुसार १४ वर्षीया चाँदनी यादवको शव एउटा घरको पछाडिको बारीमा गाडेको अवस्थामा भेटिएको हो।
घटनाको प्रारम्भिक अध्ययन गर्दा हत्या गरी शव गाडिएको आशङ्का गरिएको छ। शवलाई उत्खनन गरी पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
जोशीका अनुसार घटनाको अनुसन्धान विभिन्न कोणबाट अघि बढाइएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा प्रेम सम्बन्धका कारण परिवारकै संलग्नतामा हत्या गरिएको हुन सक्ने आशङ्का गरिएको छ।
प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया