मोरङ : पहिलो पाइला नेपाल प्रस्तावित बेलबारी शाखाले वडा नं. १० मा रहेको एकता आधारभूत विद्यालयका विपन्न परिवारका विद्यार्धीहरूलाई कपडा वितरण गरेको छ ।
संस्थाको ‘न्यानो माया’ अभियान कार्यक्रम अन्तरगत विद्यालयका विद्यार्थीहरूलाई आइतबार कपडा वितरण गरिएको संयोजक पवित्रा विष्टले जानकारी दिइन ।
चिसो समयमा विद्यार्थीलाई विद्यालय जान समस्या भइरहेको र विद्यालय जानसमेत प्रेरित गर्न कपडा वितरण गरिएको उनको भनाइ छ ।
पहिलो पाइला नेपालले आफ्नो अभियान अन्तरगत आफ्ना सामजिक कार्यहरू गरिरहेको उनले बताइन् ।
प्रतिक्रिया