सरकारसँग वार्ता गर्न ‘नो केबलकार’ समूहको टोली गठन

सोमबार, २१ माघ २०८१
पाँचथर : ताप्लेजुङको पाथिभरा क्षेत्रमा केबलकार बनाउन नहुने मागसहित आन्दोलनरत ‘नो केबलकार समूह’ ले सरकारसँग वार्ता गर्न चार सदस्यीय वार्ता समिति गठन गरेको छ । समितिको संयोजकमा प्राज्ञ अमर तुम्याहाङ रहेका छन् । आन्दोलनरत समूहले सोमबार साँझ जारी गरेको विज्ञप्तिअनुसार समितिको सदस्यहरूमा शंकर लिम्बू, राम मादेन र सरस्वता सिंगक (सरु) रहेका छन् । सरकारले पाथिभरा क्षेत्रमा केबलकार निर्माणको प्रक्रिया अगाडि बढाएपछि स्थानीयबासीहरू केबलकार बन्न नहुने मागसहित आन्दोलनरत छन् । उत्पन्न विवाद समाधान गर्न गृह मन्त्तालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा आइतबार वार्ता टोली बनाइसकेको छ । यसैबीच पाथिभरामा केबलकार बनाउन नहुने अडानसहित आन्दोलनरत समूहले आह्वान गरेको बन्दका कारण सोमबार दोस्रो दिन अरुण पूर्वका नौ जिल्लामा यातायात बन्दसमेत भएको थियो । यस्तो छ विज्ञप्ति

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार