पाँचथरमा भूमि समस्या समाधान आयोगका पदाधिकारीको पदभार ग्रहण

सोमबार, २१ माघ २०८१
पाँचथर : पाँचथरमा भूमिहीन र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने अधिकार पाएको भूमि समस्या समाधान आयोगका अध्यक्षसहित पदाधिकारीहरूको पदस्थापन भएको छ । सोमबार आयोगका अध्यक्ष धनकुमार फियाकसहित पदाधिकारीलाई पदस्थापनसँगै कार्यालय उद्घाटन गरिएको हो । जिल्ला समन्वय समितिको हलमा आयोजित कार्यक्रममा आयोगका पदाधिकारीको पदभार ग्रहणसँगै कार्यालय उद्घाटन गरिएको हो । कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले राजनैतिक आग्रह र पूर्वाग्रह राख्न नहुने बताउँदै भूमिहीन र सुकुम्बासीलाई जग्गा दिन आयोगका पदाधिकारीलाई सुझाव दिए । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य अइन्द्रसुन्दर नेम्वाङ र पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइराला लगायतले नवनियुक्त पदाधिकारीलाई बधाईसँगै सफल कार्यकालका लागि शुभकामना दिएका थिए । आयोगको पाँचथर अध्यक्षमा फियाक, विज्ञ सदस्यमा विपेन्द्र गौतम र सदस्यहरूमा बुद्विमान जवेगू र रेशा रिजाललाई मन्त्रीस्तरीय निर्णयले भूमि समस्या समाधान आयोगमा नियुक्त गरेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार