पाँचथर : पाथिभरामा ‘नो केबलकार समूह’ र सरकारबीच वार्ता भइरहेको छ ।
गृह मन्त्रालयले गठन गरेको वार्ता समिति र आन्दोलनरत समूहले बनाएको वार्ता सहजीकरण समितिबीच ललितपुरको होटल हिमालयमा अपराह्न ५ बजेदेखि सुरू भएको वार्ता हालसम्म जारी रहेको हो ।
सरकारले गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ भने नो केबलकार समूहले अमर तुम्याहाङको संयोजकत्वमा राम मादेन, शंकर लिम्बू र सरु सिंघक सदस्य रहेको वार्ता सहजीकरण समिति बनाएको छ ।
योसँगै विगत पाँच वर्षदेखि सुरू भएको विवाद समाधानका लागि प्रक्रिया सुरू भएको छ ।
आफूहरूको मुख्य माग राजनीतिक तहबाट मात्रै पूरा हुने भएकाले आन्दोलनरत समूहले सहजीकरण समिति बनाएको हो ।
यो पनि – सरकारसँग वार्ता गर्न ‘नो केबलकार’ समूहको टोली गठन
प्रतिक्रिया