सल्यान महोत्सवमा भीषण आगलागी, ८० स्टलमा आगजनी

आइतबार, २७ माघ २०८१
सल्यान : सल्यानमा लागेको महोत्सवमा आगलागी भएको छ । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान सल्यानले आयोजना गरेको दोस्रो बृहत् सल्यान महोत्सव स्थलमा आगलागी भएको हो । आठ दिनदेखि जारी दोस्रो बृहत् सल्यान महोत्सवमा आगलागी हुँदा करोडौँ मूल्य बराबरको सामान जलेर नस्ट भएको छ । १८ गतेबाट जारी महोत्सवमा हिजो ८औँ दिन राती आगलागी हुँदा करोडौँ मूल्य बढीको सामान जलेर नस्ट भएको हो । महोत्सवमा राखिएका १३५ स्टल मध्य ८० स्टलमा आगजनी भएको राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान सल्यानका सचिव नोखिराम थापाले जानकारी दिनुभयो । उहाँका अनुसार गए राती ११ बजे स्टलमा आगलागी भएको हो । आगलागी वाट ८ करोड बढीको क्षति भएको अनुमान गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयद्वारा राती नै आगो नियन्त्रणमा लिएको सल्यान प्रहरी प्रमुख केशर न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार क्षतिको विवरण आउन र आगो के कसरी आगलागी भएको अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार