विराटनगरबाट ब्राउन सुगरसहित २ जना पक्राउ

बुधबार, ३० माघ २०८१
विराटनगर : विराटनगरबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित २ जना पक्राउ परेका छन् । कुकुर (डग)सहितको प्रहरी टोलीले लागुऔषध बोकेर हिँड्नेहरु पत्ता लगाएको हो । कुकुरले पत्ता लगाएपछि उनीहरु पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर महानगरपालिका–११ बसपार्कमा चेकिङका लागि कुकुरसहितको टोली खटाएको थियो । वडा प्रहरी कार्यालय विराटनगर र केनाइन शाखाबाट खटिएको डगसहितको टोलीले खैरो हेरोइन बोकेर हिँडिरहेकाहरुलाई मंगलबार अपरान्ह ४ः१५ बजेतिर फेला पारेको हो । चेकजाँचका क्रममा खैरो हेरोइन फेला परेपछि विराटनगर–१ का १८ वर्षीय मोहमद अब्दुल गफार र मोरङको उर्लाबारी नगरपालिका–७ का २५ वर्षीय मोहमद अब्दुललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाको साथबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ ६ ग्राम बरामद भएको छ । दुवै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ । उनीहरुविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार