ताप्लेजुङ । पाथीभरा केवलकार निर्माण विवाद चर्किँदै जाँदा प्रहरी र नो केबलकार समूहबीच पटक पटक झडप भएको छ ।
शनिवार साँझ प्रहरी र नो केबलकार समूह बिच झडप हुँदा आइतबार ताप्लेजुङमा निषेध आदेश लगाउनुपर्ने अवस्था आयो ।
यसै घट्नालाई लिएर ताप्लेजुङमा प्रहरीले केबलकार समूहका १५ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले पक्राउ परेकाहरूको नाम भने सार्वजनिक गरेको छैन । प्रदेश प्रहरी कार्यालय कोशीका वरिष्ठ प्रहरी उपरीक्षक भीम दाहालले १५ जना प्रदर्शनकारी पक्राउ परेको जानकारी दिए। उनले प्रहरीमाथि आक्रमण गर्नेहरूलाई पक्राउ गरिएको बताए ।
त्यसो त नो केबलकार समूह पक्षले भने १५ भन्दा बढीलाई प्रहरीले पक्राउ गरेको दाबी गरेको छ । उनीहरूले एकै घरबाट खाना खादै गरेका २६ जनालाई पक्राउ गरेर बेपत्ता बनाएको बताएका छन् ।
प्रदेश नम्बर १ पुनः नामकरण अभियान समितिका संयोजक केन्द्र सिङ थेगिमले प्रहरीले साँझ दमन गरेको बताए । उनले भने, ‘एकै ठाउँ बाट २६ जनालाई उठाएर बेपत्ता बनाइएको छ । उनीहरूको अवस्था अहिले सम्म थाहा छैन ।’
प्रतिक्रिया