सुनसरी : धरान उप-महानगरपालिका वडा नं. १७ सिमीचोकमा लागू औषधसहित दुई जना पक्राउ परेका छन्।
शनिबार राति करिब २१:४० बजे अस्थायी प्रहरी पोष्ट रेलवेबाट खटिएको प्रहरी गस्ती टोलीले घोपाबाट सिमीचोकतर्फ जाँदै गरेको प्र.१-०२-०४० प ५६०४ नम्बरको स्कुटरलाई शंका लागि रोकी चेकजाँच गर्दा ठूलो परिमाणमा लागू औषध फेला परेको हो।
प्रहरीका अनुसार स्कुटर चालक धरान उप-महानगरपालिका वडा नं. ११ बसोबास गर्ने १९ वर्षीय योगेन राई र पछाडि सवार २१ वर्षीय खेम यादव को साथबाट ट्रामाडोल ९०५ क्याप्सुल र स्पास्पेन ९०६ ट्याब्लेट गरी जम्मा १ हजार ८११ ट्याब्लेट बरामद गरिएको छ।
पक्राउ परेका दुवै जनालाई स्कुटरसहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा पठाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया