इन्स्पेक्टर महत मृत्यु प्रकरण : अनुसन्धानका लागि अर्का इन्स्पेक्टर पक्राउ

मंगलबार, १३ फागुन २०८१
काठमाडौं : सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महतको आत्महत्या दुरुत्साहन अनुसन्धानका लागि सशस्त्र प्रहरीकै इन्स्पेक्टर विवेक जोशी पक्राउ परेका छन् । जोशीविरुद्ध परिवारले आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिएका थिए । ब्यारेकमै झुन्डिएको अवस्थामा मृत भेटिएकी सन्तोषीको परिवारले जाहेरी दिएपछि जोशीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्त शर्माले जानकारी दिए । घटनाको छानबिन गर्न सशस्त्र प्रहरी हेडक्वाटरले राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा कार्यरत डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा छानबिन समिति पनि गठन गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार